पुंजीबजार

सुनको मूल्य सोमबार घटेर कती भो?

0Shares

काठमाण्डौ, पुस २७ :सुनको मूल्य सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर आइतबार सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

0Shares