पुंजीबजार

सुनचाँदीको मुल्यमा वृद्धि

0Shares

काठमाडौ,फागुन ९: पछिल्लो साता सस्तिएकाे सुनको मूल्य यस साताको पहिलो दिनमा वृद्धि भएको छ । फागुन ९ गते, आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । यद्धपि यस दिनकाे मूल्य पनि ९ महिना यताकै सस्ताे हाे । यसअघि जेठ महिनापछि प्रतिताेला ८९ हजारकाे हाराहारीमा सुन काराेबार भएकाे थिएन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ ।सुनको भाउसँगै चाँदीको भाउ पनि आइतबार बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको बुधबारदेखि शुक्रबारसम्म चाँदी प्रतितोला ५५ रुपैयाँले गिरावट भएर साताको अन्तिम कारोबार मूल्य प्रतितोला एक हजार ३०५ रुपैयाँ तोकिएको थियो ।

0Shares