पुंजीबजार

सुनचाँदीको मूल्य घट्यो

0Shares

काठमाडौ,फागुन १६: आज सुनचाँदीको भाउ सामान्य घटेको छ। आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।यस दिन छापावाला सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८७ हजार ८५० रुपैयाँ तोकिएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८०० रुपैयाँमा झरेको थियो ।आइतबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार भने चाँदी प्रतितोला २० रुपैयाँले गिरावट भई एक हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

0Shares