पुंजीबजार

सुनचाँदीको मूल्य बढ्यो

0Shares

काठमाण्डौ, पुस २० सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनको मूल्य सोमबार तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेको छ । चाँदी सोमबार तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

0Shares