पुंजीबजार

सुन चाँदीको भाउमा सामान्य परीबर्तन

0Shares

काठमाडौ,असार २५: आज पनि सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउमा भने गिरावट देखिएको छ। यस दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै शुक्रबार चाँदीको भाउ भने केहि घटेको छ। शुक्रबारको लागि महासँघले चँदीको भाउ प्रतितोला १ हजार ३०५ रुपैयाँ तोकेको छ।अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो।

0Shares