बिजनेस

आज सुन चाँदीको मूल्य बढ्यो

0Shares

काठमाडौ,वैशाख २० : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि बढेर ८९ हजार ९०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन पनि सुन प्रतितोला १०० रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९० हजार रुपैयामाँ उक्लेको थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको थियो ।

0Shares