सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै
काठमाडौ,असार २३: आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् ।वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेका छन् । इङ्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।
इङ्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।इङ्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इङ्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ । किनभने डेनमार्क दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । त्यसका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । यता, पहिलो उपाधि जित्ने लक्ष्य रहेको इङ्ल्यान्ड आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ ।