पुंजीबजार

सेयर बजारमा नाबालक हरुको डिम्याट खाता कती छन त्?

0Shares

काठमाडौँ माघ ६: बच्चा जम्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न बैंक आउने जानकारहरू बताउँछन् । सेयर पर्ने निश्चित भएकाले धेरै सेयर प्राप्त गर्ने उद्देश्यले बच्चा जन्मिनासाथ खाता खोल्न आउने क्रम बढेको उनीहरूको तर्क छ । नाबालकको नामामा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ । बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ । खातावाला बालक १८ वर्ष पुगेपछि उसैले खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ । कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने खातालाई डिम्याट भनिन्छ । हाल दोस्रो बजारमा भौतिक सेयरको कारोबार हुँदैन । सोहीकारण सेयरमा आवेदन दिन तथा दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान छ ।

न्यूनतम १० कित्ता सेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालक (माइनर) का नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढेको सीडीएसीले बताएको छ । हालसम्म ३ लाख १० हजार ७० वटा नाबालक खाता खुलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । हालसम्म कुल २५ लाख ५४ हजार २ सय डिम्याट खाता खुलेका छन् । तीमध्ये १५ लाख २० हजार २ सय ५१ पुरुष र १० लाख २९ हजार १ सय ८० वटा महिलाका नाममा खुलेका छन् । तीमध्ये नाबालक खाता संख्या ३ लाख १० हजार ७० वटा रहेको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा मात्र थप ८ लाख २६ हजार २ सय ८७ वटा डिम्याट खाता खुलेका छन् । जसअनुसार गत असारमा १७ लाख २७ हजार ९ सय १३ डिम्याट खाता खुलेका थिए ।

नाबालकका नाममा डिम्याट खाता खोल्नुको अर्थ उनीहरू पनि सेयर लगानीकर्ता हुन् भन्ने हो । यसका आधारमा पनि सेयर बजारमा करिब सवा तीन लाख नाबालक सेयर लगानीकर्ता रहेको रूपमा विश्लेषण गर्न सकिन्छ । डिम्याट खाता खोल्दैमा सबैले सेयरका लागि आवेदन दिन्छन् र उनीहरूलाई सेयर पर्छ नै भन्ने पनि हुँदैन । तर पनि अहिले सेयर बजार तातेको अवस्थामा डिम्याट खोले पनि आवेदन दिन्छन् भन्ने अनुमानका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

0Shares