पुंजीबजार

सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७९.४४ अंकले नेप्से

0Shares

काठमाडौ,असार ८ : धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो । धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातार ओरालो लाग्दै आएको सेयरबजारमा मंगलबार उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७९.४४ अंकले बढेर २९१३.८४ विन्दुमा उक्लिएको छ ।
मंगलबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १६.११ अंकले बढेर ५३६.२५ विन्दुमा कायम भएको छ । मंगलबार नेप्सेमा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा मंगलबार कूल २२५ वटा कम्पनीका एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर एक लाख १२ हजार ५० पटक खरिद बिक्री भएको थियो । आज जानकी फाइनान्स, बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पन्चकन्यामाई हाइड्रोको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पुनर्बिमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

0Shares