पुंजीबजार

सेयर बजारमा हरीयाली

0Shares

काठमाडौ,असार २४: साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यस साता पहिलाे दिन देखिनै सेयर बजार निरन्तर घटिरहेकाे थियाे । सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।
नेप्से परिसूचक बढ्दा पनि काराेबार रकम भने लयमा फर्किन सकेकाे छैन । केही समय अघि दैनिक १५ देखि १७ अर्बसम्मकाे काराेबार हुने गरेकाेमा आजकाल औषतमा जम्मा ४ देखि ५ अर्बकाे मात्र काराेबार भइरहेकाे छ ।नेपाल स्टक एक्सचेञ्जका आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ मा पुगेकाे छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ मा पुगेको छ ।कूल २२३ वटा कम्पनीकाे एक करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार र अन्यबाहेक बाँकी सबै उपसमूहकाे परिसूचक बढेकाे छ ।

0Shares