पुंजीबजार

सेयर बजार बन्द नहुने

0Shares

काठमाडौ,वैशाख १४: बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर यो अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ ।नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

0Shares