राष्ट्रिय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन बारे खोल्यो मुख

0Shares

काठमाडौ,चैत ९: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथामका लागि तत्काल लकडाउन गर्ने योजना नभएको जनाएको छ ।भारतमा संक्रमण दर पुनः बढेसँगै नेपालमा जोखिम न्यूनीकरणका उपाय अपनाइने तर तत्काल लकडाउन गर्ने योजना भने नभएको सीसीएमसीका सदस्य सागर दाहालले बताए ।भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको छ ।

भारतसँग सीमा जोडिएको प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भारतबाट आएका चारजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।भारतबाट आउजाउ गर्ने नागरिकलाई आवश्यक स्वास्थ्य जाँच र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा सीमानाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिएको छ । साथै, मुलुकभरका अस्पतालहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने पनि मन्त्रालयले जनाएको छ ।

0Shares