राष्ट्रिय

हनुमानढोका स्थित शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो

0Shares

काठमाडौ,फागुन २७: आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।काठमाडौंको हनुमानढोका क्षेत्रमा रहेको शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । मखनटोलमा रहेको महादेव मन्दिरलाई ‘सानो पशुपति’ भनेर चिनिने भएकोले पनि यहाँ भक्तजनको भिड लाग्ने गरेको छ ।

 शिवरात्रिमा भक्तजनको सुरक्षाका लागि सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । लागुपदार्थ ओसारपसार गर्नेलाई नियन्त्रण गर्न केही प्रहरी सादा पोसाकमा सुरक्षाकर्मी खटाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।यसअघि सादा पोसाकमा खटिएका प्रहरीले शंकास्पद करिब ७० जनालाई पक्राउ गरेको छ । प्रहरीको पोसाकमा खटिएको प्रहरीले भक्तजनको भिड व्यवस्थापन गर्ने काम गरिरहेको छ । 

0Shares