पुंजीबजार

हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले (HIDCL) खुशी बनाउदै लगानीकर्तालाई

0Shares

काठमाडौ,चैत ५: पछिल्लो समय केहि हप्ता देखि ओरालो लाएको शेयर बजार यो हप्ता को चौथो दिन अर्थात हिज भने उकालो लागेको छ। धेरै दिनसम्म ओरालो लागेका कारण लगानीकर्ता हरु निरास भएको पाईन्छ। विसेस गरी नयाँ लगानीकर्ता यस अन्तरगत पर्दछन। लगानीकर्ता हरु निरास भएको अबस्थामा भने हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)को हक प्रद सेयरले केयर ए माइनस रेटिङ पाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत मुक्ति न्यौपानेले केयर रेटिङले ए माइनस रेटिङ दिएको जानकारी दिए । ए माइनस रेटिङलाई औषत भन्दा राम्रो रेटिङ मानिन्छ ।

‘ए माइनस रेटिङ पाएका छौं, यो भनेको औषत भन्दा राम्रो हो, केहि दिनभित्रै धितोपत्र बोर्डमा हकप्रद सेयर निष्काशनका लागि आवेदन दिन्छौं, बोर्डले अनुमति दिएको एकाध हप्ताभित्रै हकप्रद जारी गरिसक्ने योजना छ ।’, निमित्त सीईओ न्यौपानेले सिंहदरबारसँग भने ।उनका अनुसार संस्थागत सबै लगानीकर्ताहरु हकप्रद सेयरमा लगानी गर्न तयार भैसकेका छन् । ‘केहि संस्थागत लगानीकर्तामा हकप्रदमा लगानी गर्नेबारे अन्यौलता थियो, अहिले त्यो पनि हटिसकेको छ’, न्यौपानेले भने ।कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि धितोपत्र बोर्डले कम्पनीको आवेदन नै रद्ध गरिदिएको थियो । कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

0Shares