राष्ट्रिय

हिजोभन्दा थप प्रगति भएको छ:गोकर्ण विष्ट

0Shares

काठमाडौ,असार २४: नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका एकजना सदस्य गोकर्ण विष्टले विवाद समाधानोन्मुख रहेको बताएका छन् ।आज सिंहदरबारमा बसेको कार्यदलको बैठक आजै बेलुका ७ बजे बस्ने गरी स्थगित गरिएपछि बाहिरिनेक्रमा उनले यस्तो बताएका हुन् ।कार्यदलमा नेता माधवकुमार नेपाल पक्षका तर्फबाट सदस्य रहेका विष्टले छलफलमा हिजोभन्दा थप प्रगति भएको बताए ।
“हिजोभन्दा थप प्रगति भएको छ । लगभग–लगभग समाधानको विन्दुमा आएका छौँ,” उनले भने, “आज बेलुका धेरै हदसम्म समाधानमा पुग्ने प्रयास जारी छ ।”कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका तर्फबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए ।ओलीपक्षीय नेताहरु अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्तरिक परामर्शमा छन् ।

0Shares