पुंजीबजार

हिमालन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव

0Shares

काठमाडौ,फागुन ४: हिमालन जनरल इन्स्योरेन्स (HGI) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजी ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृती भएर आगामी १९ औं साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

0Shares