होली मेलामा ग्याङ फाइट
काठमाडौ,चैत १६: वाग्लुङको बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होली खेल्ने क्रममा सामान्य विवाद हुँदा भएको दुई समूहको झडपमा परि दुई जनाको मृत्यु भएको छ भने अन्य कम्तीमा १० जना बेपत्ता छन्।बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होलीको अवसरमा भएको बनभोज कार्यक्रममा दुई समूहबीचको झडपमा नेपाली काङ्ग्रेसका जिल्ला नेता बर्ष ३६ का प्रकाश कुँवर र उनका साथी बर्ष ३४ का दिपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारि डिएसपि एकवाल हवारिले बताए ।
उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । गुल्मी, बागलुङ र प्युठानको समेत सीमा बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो ।स्थानीयका अनुसार दिउँसो रक्सी खाएर गाउँमा गएका निसीखोलाको समूहले भानुमाविको भवन बनाउँदै गरेका ठेकेदार र स्थानीय युवालाई कुटपिट गरेपछि विवाद भएको थियो । दिउँसो चार बजेतिर घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल मानव बस्तीभन्दा केही टाढा पर्छ।स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।उनिहरुको खोजीकार्यका भईरहेको वडिगाड गाउँपालिका १० का वडा अध्यक्ष विरेन्द्र बुढाले बताए । अहिले घटनास्थलमा प्रहरीले हराएकाहरुको खोजी गरिरहेको छ ।