राष्ट्रिय

१०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौँ,माघ २३: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश १ मा ४, सुदूरपश्चिममा २, कर्णाली र प्रदेश २ मा १/१ जना संक्रमित भेटिएका छन् ।
जसमध्ये काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना रहेका छन् । त्यस्तै चितवनमा ५ जना, कास्कीमा ९ जना, दाङमा ७ जना र रुपन्देहीमा ४ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ रहेको छ । जसमध्ये २ लाख ६७ हजार ५६४ जना निको भएका छन् र २०३५ जनाको मृत्यु भएको छ । हाल २१०८ जना आइसोलेसनमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या २७२ रहेको छ भने २ जनाको मृत्यु भएको छ।

0Shares