राष्ट्रिय

१३ गते देशभर आन्दोलन ः नेपाली कांग्रेस

0Shares

काठमाडौं, ९ पुस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले आ आफ्नो धारणा राखेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारदेखि सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरेसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ । संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।

0Shares