राष्ट्रिय

२५ गते साँझ घरघरमा दीपावली गर्न सरकारको आह्वान

0Shares

सरकारले वैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।

‘बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको हो,’ मन्त्री भट्टराईले भने।

यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए।

Source:Setopati.com

0Shares