खेलकुद

८ रनको रोमाञ्चक जित

0Shares

काठमाडौ,चैत ६: बिहीबार राति भएको चौथो खेलमा भारतले इङ्गल्याण्डमाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । भारतले दिएको १८६ रनको लक्ष्य लिएर ब्याटिङ गरेको इङ्गल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १७७ रनमात्र बनाउन सक्यो ।बेन स्टोक्सले २३ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले २७ बलमा ४० रन जोडे । जोनी बेयर्स्टोले १९ बलमा २५ रन जोडे ।जोफ्रा आर्चरले ८ बलमा नटआउट १८ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए ।हार्दिक पाण्डेया र राहुल चहलले २–२ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । सूर्यकुमार यादवले ५७ रन बनाए । उनले ३१ बलमा ३ छक्का र ६ छक्काको मद्धतले उक्त योगफल बनाएका हुन् । सूर्यकुमारले डेब्यु खेलको पहिलो बलमै छक्का प्रहार गरेका हुन् । उनको यो रेकर्ड हो । उनले जोफ्रा आर्चरको बलमा छक्का लगाएका हुन् । पहिलो बलमै छक्का हान्ने उनी विश्वका तेस्रा ब्याट्सम्यान बनेका छन् । यसअघि सोहल तनवीरले भारतविरुद्ध सन् २००७ मा र मंगालिसो मोसेहलेले श्रीलंकाविरुद्ध सन् २०१७ मा यो रेकर्ड राखेका थिए । भारतका लागि श्रेयस एयरले १८ बलमा ३७ रन जोड्दा ऋषव पन्तले २३ बलमा ३० रन बनाए । आर्चरले ४ विकेट लिए ।

0Shares