Uncategorizedराष्ट्रिय

अर्घाखाँची डिभर्नाका कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिप जिते

0Shares

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका कमल श्रेष्ठ विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् ।
फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् ।
सागका स्वर्ण पदक विजेता कमलले सात दशमलव ६७ अंक ल्याएर पहिलो भए । त्यस्तै जितबहादुर बोटे दोस्रो र प्रेमबहादुर लिम्बु तेस्रो भए । महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् ।
अमेरिकी खेलाडी भन्दा झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जितेकी हुन् ।
यसअघि कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण जित्नुभएको थियो ।
प्रतियोगिता अनलाइनबाटै जर्मनीमा मे ४ देखि सञ्चालन भएको थियो ।

Source:Arghakhanchi.com

0Shares