राष्ट्रिय

बाली लागाउनुअघि नै किसानको नाफा सुनिश्चित गरिने

0Shares

आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीऊको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति छ ।

यस्तै आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्थानीय तहमा बीऊ, नश्ल सुधार, बजारीकरणको इकाइ बनाइने, कृषि उपजको मूल्य श्रृङ्खलामा कृषि तथ्यांक एकीकृत गरिने, खाद्य स्वच्छता प्रर्वद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्थानीय तहमार्फत करार खेतीमा प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गरेर लागू गर्न र राष्ट्रिय आवश्यकता र स्थानीय उत्पादनको आधारमा ठूलो क्षेत्रमा एकै खाले उत्पादनमा जोड दिने, अन्य परियोजनासंंग दोहोरो नपर्ने गरी काम गर्ने सरकारको नीति छ ।

Source:Onlinekhabar

0Shares