योग र योगको महत्व
वर्तमान समयमा मानिसहरूको योगप्रती आकर्षण बढ्दै गएको देखिन्छ | जुन महिनाको ३१ औ तारिक अर्थात् आसार ७ गते आज अन्तरास्ट्रिय योग दिवस मनाइदै छ| २०१५ देखि जुन २१ लाई अन्तरास्ट्रिय योग दिवसको रुपमा मनाउन थलिएको हो| अघिल्लो बर्ष हरुमा विभिन्न कार्यक्रम गरेर,विभिन्न स्थानमा योग दिवस मनाइने गरिन्थ्यो भने,यो पटक विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण घरघरमा योग दिवस मनाइदै छ| यो बर्ष “घरघरमा योग,परिवारका साथमा योग” भन्ने मुल नाराका साथ छैटौं अन्तरास्ट्रिय योग दिवस मनाइदै छ |
“युजिर् योगे” धातुबाट योग शब्द बन्दछ,जसको अर्थ सम्मीलित हुनु ,एक हुनु भन्ने हुन्छ| पतञ्जलि योग सुत्रानुसार योग चित्तवृतिको निरोधको अवस्था हो| भागवद गिताको अनुसार योग भनेको दु:ख वा वेदना बाट मुक्त हुने अवस्था हो |सस्कृत भाषामा योग शब्दको अर्थ जोडिनु भन्ने हुन्छ | योगले शारीरिक मानसिक तथा आध्यात्मिक पक्षहरुको एकीकरण गर्दछ |
योगको महत्त्व :-
शारीरिक ,मानसिक तथा आध्यात्मिक रुपमा तन्दुरुस्त,निरोगी रहनको लागि योगको महत्त्व छ| योग गर्नाले मानिसको शरीरमा आलस्यता हटदछ, स्मरण शक्ति बढाउछ, सकारात्मक सोचको विकास हुन्छ ,कार्यक्षमताको वृद्धि ,मानासिक शान्ति , रोगप्रतिरोधी क्षमाताको वृद्धि ,उर्जा प्राप्ति ,आत्मज्ञानको प्राप्ती लगायतका सकारात्मक गुणको बिकास, तथा शरीर मन र आत्मा बिचको समन्वय हुन्छ|
योगाभ्यास गर्न योग्य स्थान:
योग गर्दा स्थानको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ,तसर्थ योग गर्दा स्थान,समय, योग गुरु, आहार, वस्त्र,शारीरिक अवस्था सबै कुराहरुको विचार गरेर योग गर्नु पर्दछ| विहानिको समयनै योगभ्यास को उत्तम समय हो, योग गर्दा ,प्रदुषण रहित,शान्त,शितल, सफा,मनलाइ प्रसन्न हुने स्थान चयन गर्नुपर्दछ | योगभ्यास योग गुरु बिना गर्नु हुदैन, योगगुरु बाट अभ्यास गर्दा धेरै सहज हुने गर्दछ | योग गर्दा वस्त्रहरुको पनि सहि चयन गर्नु पर्दछ,योग गर्दा सजिलो हुने ,खुल्ला ,हलुका खालको वस्त्रहरु लगाउनु उपयुक्त हुन्छ | अत्याधिक शरिरिक वा मानसिक थकान या तीब्र संवेगात्मक असन्तुलनको अवस्थामा योगभ्यास वर्जित छ |
योगका आठ अङ्गहरु :-
योगको आठ अङ्गहरु यम,नियम,आसन, प्राणायाम,प्रत्याहार,धारणा,ध्यान,र समाधी हुन! योगको पुर्ण साधनाको लागि यो आठ अङ्गहरुको क्रमशः अभ्यास गर्नुपर्दछ| यसमा प्रथम दुई यम र नियम ,आचार सम्बन्धि अभ्यास हो, त्यसपछिको दुई अङ्ग आसन र प्राणायाम ,शरीरलाई भैतिकरुपले योग अभ्यासको लागि योग्य बनाउने उपायहरू हुन् | पाँचौ प्रत्याहार मुख्यत: इन्द्रियनिग्रहको उपाय हो ,त्यसपछिको धारणा ,ध्यान र समाधी पुर्ण रुपमा मानसिक र आध्यात्मिक नियमनको साधनाहरु हुन् |पतञ्जलिले यम,नियम,आसन,प्राणायाम तथा प्रत्याहार लाई बहिरङ्ग योग भनेका छ्न भने धारणा ध्यान र समाधी लाई अन्तरङ्ग योग भनेका छ्न|