ब्लग /साहित्य

धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

0Shares

आयुर्वेदका पिता धन्वन्तरिको जन्म जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस देशका विभिन्न स्थानमा उत्साहका साथ मनाईएको छ | अधिल्ला बर्षहरुमा भव्यताका साथ देशका विभिन्न स्थानमा कार्यक्रम गरि मनाईने भएता पनि यो बर्ष विश्वव्यापी रुपामा फैलिएको कोरोना महामारीको कारण देशका विभिन्न स्थानमा सुरक्षाका साथ विभिन्न कार्यक्रम गरी मनाईएको हो |

“गुणस्तरीय आयुर्वेद सेवाका लागि गुणस्तरीय आयुर्वेद औषधि ” भन्ने मुल नाराका साथ यो बर्ष धन्वन्तरि जयन्ती मनाईएको छ | सृष्टि उत्पति सङ्गै प्राप्त आयुर्वेदको ज्ञान वर्तमान समयसम्म पनि उत्तिकै लोकप्रिय र जनमासको मन जित्न सफल भएको छ | आयुर्वेदले मानिसलाई जीवन जिउने कला सिकाउछ, रोग लाग्न नदिनु र रोगलागेमा त्यसको निवारण गर्नु यो शास्त्रको मुल प्रयोजन रहेको छ | नेपाल,भारतमा आयुर्वेदको चर्चा राम्रै रहेपनी वर्तमान समयमा पश्चिमी मुलुकहरुमा यसप्रति दिनानुदिन चासो बढदै गएको देखिन्छ |

विश्वव्यापी फैलिएको कोरोना महामारीमा पनि आयुर्वेद चिकित्सा पद्धतिले ठुलै टेवा पुर्याएको देखिन्छ भने आम जनमानसको यसप्रती चासो झनै बढ्दै गएको पाईन्छ | नेपाल सरकार बाट आयुर्वेदलाई राष्ट्रिय चिकित्सा पद्धति मानिएपनी , यसको सहि सदुपयोग नहुनु, यसप्रति चासो कम हुनु र यसको विकासमा उल्लेखनीय योग्दान नहुनु अत्यन्तै दु:खद कुरा हो |

” देश विकासको लागि स्वस्थ जनता” मुल अभियान चलाएर देशै भरी आयुर्वेद औषधालय संचालन गरि आयुर्वेद जनशक्तिको सहि सदुपयोग गरे , आयुर्वेदको मात्र विकास नभै समग्र देशकै विकासमा टेवा हुन सक्छ| यस्तोअमृतमय आयुर्वेद शास्त्रको पिता धन्वन्तरिलाई म दुई हात जोडि नमन गर्दछु |

योगेश पन्थी

0Shares