खेलकुद

लिग-२ मा नेपालको खेल तालिका सार्वजनिक

0Shares

ओमान, अमेरिका र नेपाल –  आगामी १९ देखि २८ मार्च – ओमानमा 
स्कटल्यान्ड, नेपाल र नामिबिया – आगामी जुलाईमा – स्कटल्यान्डमा
नेपाल, युएई र पपुवा न्युगिनी-  फेब्रुअरी २०२२- नेपालमा
नामिबिया, स्कटल्यान्ड र नेपाल – २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म – नामिबियामा 
अमेरिका, नेपाल र ओमान – जुलाई २०२२-  अमेरिकामा 
पपुवा न्युगिन, युएई र नेपाल –  २०२२ को २२ सेम्टेम्बर देखि २ अक्टोबरसम्म – पपुवा न्युगिनीमा 
नेपाल, नामिबिया र स्टकल्यान्ड- २०२३ को फेब्रुअरीमा- नेपालमा 
युएई, पपुवा न्युगिनी र नेपाल – २०२३ को  फेब्रुअरीमा-  युएईमा 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा सिरिज खेल्ने तय भएको छ। 

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको लिग-२ को खेल कोरोना कारण एक वर्ष धकेलिएको छ। यसअघि सन् २०२२ मा लिग-२ सकिने तालिका थियो। 

लिग-२ मा नेपालले अहिलेसम्म एउटा मात्र त्रिकोणात्मक सिरिज खेलेको छ। गत वर्ष नेपालमा भएको सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गरेको थियो। 

सिरिजमा नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। अब नेपालले आफ्नो दोस्रो सिरिज आगामी १९ देखि २८ मार्चमा ओमान खेल्ने भएको छ। आइसिसीका अनुसार यो सिरिजमा पनि नेपाल, ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। 

त्यसपछि आगामी जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्नेछ। सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। 

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ।

प्रत्येक टिमले लिग-२ का सबै खेल गरी ३६ वटा खेल खेल्नेछ। 

एक टिमले ९ वटा सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालले एक सिरिज खेलको छ भने बाँकी ८ वटा सिरिज २०२३ को फेब्रुअरीसम्ममा खेल्नेछ।

३६ एकदिवसीय खेल मध्ये नेपालले ४ खेल खेल्दा अझै ३२ खेल खेल्न बाँकी छ।

लिग-२ मा १० खेल खेलिसकेको ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ।

तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ। सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन।

0Shares