राष्ट्रिय

प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

0Shares

काठमाडौं, ९ पुस बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रचण्ड ( नेपाल पक्षको बैठक बिहान साढे ११ बजे बबरमहलमा बस्नेछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने तयारी छ ।

गएको आइतबार संसद विघटन भएपछि नेकपा दुई पक्षमा विभाजन भएको छ । मंगलबार नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो । प्रचण्ड(माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री समेत भएका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

0Shares