पुंजीबजार

आज सुनचाँदीको मूल्य बढ्यो:

0Shares

काठमाडौं, ९ पुस बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बुधबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको छ ।

0Shares