राष्ट्रिय

थप ५५४ जनामा कोरोना संक्रमण

0Shares

काठमाण्डौ, पुस २४: बितेको २४ घण्टामा ५५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार २१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । यो सँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय नौ पुगेको छ । नेपालमा पाँच सय ८५ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ

0Shares