गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा कमाण्डर कालिबहादुर खामले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटे
काठमाण्डौ, पुस २९: कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटे । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साता अघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् ।
उनी शान्ति प्रक्रियापछि विभिन्न अप’राधका मु’द्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना माग राखेर प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जुटाउने र थप जिम्मेवारीसहित पश्चिम नेपालतिर हिँडेका थिए । उनले प्रधानमन्त्री समक्ष चार वटा माग राखेर अहिलेको अवस्थामा द्व’न्द्वपी’डितको मन तान्न सकिने र पूर्वमाओवादीलाई आफ्नो खेमामा कस्न सकिने आश्वासन दिलाएका छन् । खामले बालुवाटारमा प्रधानमन्त्रीसँग जनयुद्ध र जनआन्दोलनका स’हिद परिवारलाई प्रतिपरिवार एक लाख थप्न माग गरेका छन् । यसले गर्दा यसअघि प्रतिपरिवार १० लाख पाइसकेका पीडितका आफन्त वर्तमान सरकारप्रति आकर्षित हुने उनको आकलन छ । त्यसैगरी जनयुद्ध, जनआन्दोलनका घा’इते र अपांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्न खामको अर्को माग छ । जनमुक्ति सेना नेपालका सबै कमाण्डर सदस्यहरूलाई राष्ट्रिय मान्यताप्राप्त मुक्ति सेनाको परिचयपत्र दिन, जनआन्दोलन र जनयुद्धताकाको मु’द्दा निःशर्त खारेजी र बन्दीहरूको निःशहार्त रिइको समेत माग राखेका छन् । ‘प्रचण्डलाई उतिबेला कैयौंचोटि भनेको हुँ, केही गरेनन्, हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुप¥यो’ यति भनेका खामलाई प्रधानमन्त्रीले ‘यसमा म पहिलेबाटै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको निकट स्रोतले बताएको छ । ‘त्यसपछि अहिले उहाँ पूर्व माओवादी र जनमुक्ति सेनाको भेला गर्दै पश्चिम क्षेत्रमा हिँडिरहनु भएको छ’, स्रोत भन्छ, ‘उहाँका मागहरू पुरा भएको खण्डमा जस्तोसुकै जिम्मेवारी लिन तयार हुनुहुन्छ ।’ खामले प्रधानमन्त्रीसँग यी कुरा राखेको चाल पाएका जनयुद्धका घाइते र केही पूर्वलडाकुले समेत उनलाई साथ दिन थालेका छन् । चितवनको शक्तिखोर शिविरमा मारिएका व्यापारी रामहरि श्रेष्ठको ह’त्याअन्तर्गत फरार रहेका खाममाथि अरू पनि मु’द्दा छन् । उनी त्यतिबेला शिविरको डिभिजन कमाण्डर थिए । उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चो’री डकै’ती र हा’तहति’यार खरखजनासम्बन्धी मु’द्दासमेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।