राष्ट्रिय

कक्षा १२ को नतिजा प्रकाशन

0Shares

काठमाण्डौ, माघ १९ : कोभिड १९ का कारण गत वैशाखमा संचालन हुन नसकेको कक्षा १२ को परिक्षा ९ मंसिरबाट शुरु गरि आज राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ । आज सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षार्थी तथा अभिभावक ले नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने गरि प्रकाशन गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी गराएका छन् ।



बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र लिखित परीक्षा संचालन गरेको थियो । थप २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट र ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

0Shares