राष्ट्रिय

0Shares

नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले देशभर प्रदर्शन गर्दै

काठमाडौँ,माघ २४: नेपाली काँग्रेस पार्टीको निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् । काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । यसअघि मातृ पार्टीको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए ।

प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणमा पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा पालिका र माघ ८ मा वडास्तरीय प्रदर्शन गरेका थियो ।पहिलो चरणमा पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।काँग्रेसले संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख सरकारको प्रवृत्ति विरुद्ध थप संघर्ष पनि जारी रहने बताएको छ ।संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाइने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने काँग्रेसले बताएको छ ।

0Shares