राष्ट्रिय

अब पालो पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीलाई

0Shares

काठमाडौँ,माघ २५: कोरोना भाइरस (कोभिड-१९) विरुद्ध पहिलो चरणको खोप १ लाख ८४ हजारले लगाएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै अवान्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । गौतमले बताए दोस्रो चरणको खोप भने पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई लगाईने छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट १ लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

पहीलो चरणको खोप प्रदेश नं. १ मा २४ हजार २२४, प्रदेश नं. २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना भयपनी पहिलो चरणमा कूल जनसंख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविकालगायत थिए । । भारत सरकारले अनुदानमा १० लाख मात्र खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ ।

0Shares