दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय
काठमाडौँ,माघ २७; सरकारले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्लामा र वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेकाे छ।
वैशाख १७ गते देशका ४० जिल्लामा र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हाे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको विघटन गर्दै ताज जनादेशका लागि मध्यावधि निर्वाचनमा जाने निर्णय गरेको थियो।नेकपाकाे अन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गरेका थिए ।