राष्ट्रिय

आज भ्यालेन्टाइन्स डे,अर्थात् प्रणय दिवस मनाइदै

0Shares

काठमाण्डौ,फागुन २: प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस प्रत्येक वर्ष १४ फेब्रुअरीमा मनाउने प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेमभाव साटासाट गरी मनाइँदैछ । प्रेमीप्रेमिका सँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ। विशेषगरी यो दिवस युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।

यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरेका छन् ।यो दिवस अहिले विश्वभर चर्चित छ ।

0Shares