‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ को जति अधिकार छ भनेर कहाँ लेख्या छ ?’
काठमाण्डौ,फागुन २:पौष ५ गते बाट राजनीतिक विवाद संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहसमा आएका कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको भनी संविधानमा कहाँ लेखिएको छ भनी प्रश्न उठाएका छन् । केही दिनअघि प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले अहिलेका प्रधानमन्त्रीलाई श्री ३ र राजा बराबरकै अधिकार भएको बताएका थिए । आइतबार जवाफी बहस गर्दै रिट निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले त्यस्तो अधिकार हुने भनेर कुन धारामा लेखेको छ भनी सोधेका हुन् ।
श्री ३ र श्री ५ भन्दापनि माथिको अधिकार छ भन्नुभयो तर कहाँ कुन धारामा छ ?’ उनले सोधे । नेपालको संविधानको धारा ७६ मा प्रधानमन्त्री चयनको संसदीय प्रक्रिया पूरा गरेर मात्र संसद विघटनमा जान सक्ने उल्लेख गरेको भन्दै न्यौपानेले अदालतले पनि संविधानमा नभएको कुरा ब्याया गर्न नसक्ने बताए ।प्रधानमन्त्रीका कानुन व्यवसायीले प्रधानमन्त्रीले अवशिष्ट अधिकार प्रयोग गरेको भनी गरेको बहसप्रति टिप्पणी गर्दै उनले अवशिष्ट अधिकार भनेको प्रधामन्त्रीले जे गरे पनि हुने भन्ने नहरको बताए । ‘प्रधानमन्त्रीले जस्तो जस्तो गर्यो त्यस्तै मान्दै जाने वा इजलास नै नरहे पनि हुने भयो’ उनले भने ।