खेलकुद

म्यान्चेष्टर सिटीलाई अग्रता

0Shares

काठमाडौ,फागुन ६: हिज राति ढिला सम्पन्न खेलमा सिटीले इभर्टनलाई ३–१ ले हरायो ।पहिलो हाफ १–१ को बराबरीमा सम्पन्न भए पनि म्यान्चेष्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै इभर्टनमाथि सहज जित हात पार्यो। जितसँगै म्यान्चेष्टर सिटीको उपाधि जित्ने अभियान सहज बन्दै गएको छ । फिल फोडेनले ३२ औं मिनेटमा गोल गर्दै म्यान्चेष्टर सिटीलाई १–० को अग्रता दिलाउनुभयो । तर सिटीले उक्त अग्रता लामो समयसम्म जोगाउन सकेनन । ३७ औं मिनेटमा रिचर्लिसनले बराबरी गोल फर्काउँदै खेल १–१ को स्थितिमा ल्याउनुभयो ।
७७ औं मिनेटमा बर्नाडो सिल्भाले पिकफोर्डलाई छिचोल्दै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि सिटीले इभर्टनमाथि ३–१ को जित सुनिश्चित गर्यो । सिटीले २४ खेलबाट ५६ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा छ । रियाद महरेजले १८ गज बाहिरबाट गर्नुभएको प्रहार गोलको दिशा लिएपछि सिटीले पुनः अग्रता कायम गर्यो ।दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेड र तेस्रो स्थानको लेष्टरको सामाने ४६ अङ्क छ ।डिसेम्बर अन्तिम साता सिटी तत्काल शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा छ अङ्क कम हुँदा ताकिलाको छैठौं स्थानमा थियो । तर अब भने सिटीले अङ्क अन्तरलाई दोब्बर बनाउँदै शीर्ष स्थानमा उक्लेको छ । चेल्सी र वेष्टहमले सामान ४२ अङ्क जोडेर चौथो र पाँचौं स्थानमा हुँदा लिभरपुर छैठौं स्थानमा झरेको छ ।

0Shares