बिजनेस

दुईतारे होटल सञ्चालनमा आउने

0Shares

काठमाडौ,फागुन ७: प्रदेश न. ३ अन्तर्गत पर्ने दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पहिलो पटक दुईतारे होटल सञ्चालनमा आउने भएको छ।  एम्ब्रोसिया नामक होटल सञ्चालनमा आउने भएको हो । होटेल सञ्चालकका अनुसार यहाँ घुमफिर गर्न आउने पर्यटक लाई परेको असुविधा लाई मध्यनजर गर्दै होटेल सञ्चालनमा ल्याउन,आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको तर सुविधा सम्पन्न होटल नभइरहेकाले होटल सञ्चालनमा ल्याउन लागिएको हो । यहाँ बस्नको लागि सुविधा नभएकै कारण धेरै पर्यटक एकै दिनमा कालिञ्चोक र भीमेश्वर मन्दिरको दर्शन गरेर फर्कने गरेका छन् । उनीहरूलाई दुई, तीन दिन टिकाएर यहाँका अन्य महìवपूर्ण पर्यटकीय स्थलको भ्रमण गराउने उद्देश्य लिइएको छ ।


होटलमा पाँच सय जनाको क्षमता रहेको ब्याङ्क्वेट, एक सय जनाको क्षमताको मिटिङ हल र रुफटपमा रेस्टुराँसमेत गरी एक हजार जनालाई एकै पटक होटलले सेवा दिन सकिने उहाँले बताउनुभयो ।होटलमा स्विट रुम पाँच, डिलक्स ३०, सोना स्टिम, पार्टी प्यालेस, मिटिङ हलसमेतको व्यवस्था रहेको छ ।व्यावसायिक प्रायोजनका लागि बस्नेतले नै करिब ३० करोड लगानीमा साढे छ तले भवनलाई नै होटल बनाउन लाग्नुभएको हो । गत असोजभित्रै होटल सञ्चालनमा ल्याउने गरी सुरुमा तयारी गरिएको भए पनि कोरोना महामारीका कारण आगामी वैशाखबाट सञ्चालनमा ल्याउन थालिएको उहाँको भनाइ छ ।होटलको बेड र कोठा भने पाँचतारे स्तरकै बनाइएको बताउँदै उहाँले भन्नुभयो, सुरुमा तीनतारे होटल बनाउने सोचका साथ अघिबढे पनि बेड सङ्ख्या कम भएकाले दुई तारे मात्र हुन गएको हो । त्यसका लागि आवश्यक पूर्वाधार पर्याप्त रहेको छ

0Shares