राष्ट्रिय

बुटवलमा दोस्रो केवुलकार शिलान्यास

0Shares

काठमाडौ,फागुन १०:अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा आज दोस्रो केवुलकारको शिलान्यास गरेका छन् । बुटवल उपमहानगरपालिका–१ पारी बुटवल बाट पाल्पाको नुवाकोट डाँडोसम्म चल्ने सिद्धार्थ केवुलकारको रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते बुटवलमै लुम्बिनी केवुलकारको शिलान्यास गरेका थिए ।सिद्धार्थ केवुलकार प्रालिले सञ्चालन गर्ने केवुलकार १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।दुई किलोमिटर लम्बाइको केवुलकार निर्माण गर्न ८० करोड रुपैयाँ लागत अनुमान गरिएको सिद्धार्थ केवुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए । सिद्धार्थ केवुलकार प्रालिमा बुटवलका होटेल तथा जग्गा व्यवसायी लगायत ५० जनाको लगानी रहेको छ ।

२५ वटा डब्बा रहने केवुलकार बुटवलको देउराली डाँडाबाट नुवाकोटसम्म ८ मिनेटमा पुग्न सकिने अध्यक्ष गुरुङले बताए । सिद्धार्थ केवुलकार प्रालिले २०६८ सालमा केवुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।केवुलकार सञ्चालनको लागि २०७५ साल साउनमा ३ दशमलव ९८ हेक्टर र २०७६ फागुनमा २ दसमलब ११८ हेक्टर वन क्षेत्र ३० वर्षको लागि प्रालिलाई भोगचलन गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको थियो ।

0Shares