राष्ट्रिय

प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे

0Shares

काठमाडौ,फागुन ११:सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ। उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएकाे कार्यक्रम अब विजयसभामा परिणत हुने भनि चितवनमा रहेका उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए। अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ।

0Shares