संसद्मा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदीपकुमार ज्ञवाली
काठमाडौ,फागुन १७: नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभामा उनले दलहरुको नीतिविहीन गठबन्धन हुँदा सांसदहरुको खरिद-बिक्री हुने थलो बन्ने खतरा बढेको बताए ।”हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुन:स्थापनापछि संसद्मा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।
सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफरिस भएको बताए । गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताए ।हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरि संसद् सांसदहरुको खरिद-बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?”मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए । तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थानमाथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको मन्त्री ज्ञवालीले दाबी गरे ।