पुंजीबजार

नेप्से सूचक घट्दो क्रममा

0Shares

काठमाडौ,फागुन १८: गत केहि दिनदेखि लगातार घट्दै आएको शेयर बजारमा सोमबार सुधार देखिएको भए पनि मंगलबार त्यो सुधार टिक्न सकेन र नेप्से सूचक ५९.७० अंकले तल झरेको छ।मंगलबार नेप्से सूचक ५९.७० अंकले घटेर २४५५.३३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले घटेर ४४३ विन्दुमा झरेको छ।यस दिन २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा खरिद बिक्री भएको छ।यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र होटल उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ।घट्दो बजारमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ। त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ।
मंगलबार नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ७.३१ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेन्ट बैंक र सिनर्जी पावरको पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ।यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य घटेकाे छ भने ६ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ।यस दिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ८७ लाख, नेपाल बैंकको २२ करोड ६९० लाख, शिखर इन्स्योरेन्सको २१ करोड ६९ लाख र कुमारी बैंकको २० करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

0Shares