राष्ट्रिय

महाराजगञ्जमा पौडेलसहित नेताहरूले भेला

0Shares

काठमाडौ,फागुन २८: शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेलसहित नेताहरूले भेला गरेका छन ।सभापति देउवाले आज अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक राखेका छन्। उक्त भेलाअघि पौडेल पक्षका नेताहरू छलफलमा जुटेका हुन्। पदाधिकारी बैठक राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भेला गरेको छ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत भेलामा जुटेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत काम गरिरहेकोले कांग्रेसले कडा ढंगले विरोध गरेर जानुपर्ने निश्कर्ष निकालेका छन्।सरकारले संसदमा पेश गरेका संवैधानिक परिषदलगायत विधेयकमाथि कांग्रेसले आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरिरहेको छ।

0Shares