पुंजीबजार

सिंगटी हाइड्रोको आईपीओ निष्कासन

0Shares

काठमाडौ,चैत ६: सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमा १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको आवेदन दिन सक्ने छन् । आइपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुने छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । त्यस्तै कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गर्ने छ ।

0Shares