खेलकुद

टी–२० क्रिकेट सिरिज भारतको पक्षमा

0Shares

काठमाडौ,चैत ८: भारतले इङ्गल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिज जितेको छ । अहमदाबादमा शनिबार भएको पाँचौं तथा अन्तिम खेलमा इङ्गल्याण्डलाई ३६ रनले पराजित गर्दै भारतले सिरिज ३–२ ले जितेको हो ।यो जितसँगै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो ।अन्तिमसम्मै खेल निकै रोमाञ्चक बन्यो ।भारतले दिएको २२५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको इङ्गल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १८८ रनमात्र बनाउन सक्यो ।
डाविड मालन र जोस बटलरले अर्धशतक बनाए पनि टिमलाई जिताउन सकेन । इङ्गल्याण्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डेया र टी नटराजनले १–१ विकेट लिए ।यसअघि पहिले ब्याटिङ्ग गरेको भारतले निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा २२४ रन बनाएको थियो ।कप्तान विराट कोहलीले नटआउट ८० रन बनाए । उनी ओपनिङमा आएका थिए । अर्का ओपनर रोहित शर्माले ६४ रन बनाए । हार्दिक पाण्डेया ३९ रनमा नटआउट रहे । सूर्यकुमार यादवले आफ्नो दोस्रो खेलमै ३२ रन बनाए । दुई वर्षदेखि अपराजित भारतले लगातार छैटौं पटक सिरिज जितेको हो । इङ्गल्याण्डले नौ वर्षदेखि भारतमा सिरिज जित्न सकेको छैन ।

0Shares