राष्ट्रिय

दुई दिन सार्वजनिक बिदा

0Shares

काठमाडौ,चैत ८: चैत १५ र १६ गते सार्वजनिक बिदा दिएको छ । फागूपूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराई जिल्लामा बिदा हुने भएको हो । सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरेको छ ।
होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

0Shares