पुंजीबजार

सुन चाँदीको मुल्यमा घटबढ

0Shares

काठमाडौ,चैत १२: आज बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको प्रतितोला १० रुपैयाँले घटेको छ।बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लाे दिन बुधबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।बिहीबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

0Shares