राष्ट्रिय

कांग्रेस प्रदेश ५ संसदीय दलका नेता पोखरेलको निधन

0Shares

बुटवल– नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सरका कारण थलिएका ८२ वर्षीय पोखरेलको सोमबार रुपन्देही तिलोत्तमा १४ खैरियास्थित निवासमा निधन भएको हो ।
१९९४ साल माघ १९ गते प्युठानमा जन्मिएका कांग्रेसका पूराना नेता पोखरेल कांग्रेको सिफारिशमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका थिए । प्रदेश सभाकै जेष्ठ सदस्य शर्माले प्रदेश सभाका सदस्यहरुलाई जेष्ठ सदस्यको हैसियतमा सपथ ग्रहण गराएका थिए । शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका थिए । उनका एक श्रीमती, ४ छोरा र २ छोरी छन् ।

Source:- Butwal news

0Shares