राष्ट्रिय

दुईपांग्रे सवारी चालक अनुमतिपत्रको लागि नयाँ नियम

0Shares

काठमाडौ,चैत १८: सवारी साधन अनुमति पत्र लाइसेन्समा नयाँ नियम लागू हुने भएको छ । यो नियम दुईपांग्रे सवारी चालक अनुमतिपत्रको लागि हो । आगामी जेठ १ गतेवाट दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन चाहनेले ७० अंक ल्याए पुग्ने भएको छ । यस अघि सय प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ। अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ।

0Shares