पुंजीबजार

सुनको मूल्य बढ्यो

0Shares

काठमाडौ,चैत २४: साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँ थियो। यस्तै तेजाबी सुनको तोलामा पनि तीन सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जनाएको छ।

0Shares